१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि बुटवलको कालिका मानवज्ञानको पठनपाठन बन्द



बुटवल । शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि नेपालकै चर्चामा रहेको बुटवलस्थित कालिका मानवज्ञान माविको पठनपाठन बन्द गरिएको छ ।

भारतका विभिन्न स्थानको शैक्षिक भ्रमण गरेर फर्किएका विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो । गत साता मात्र बिद्यालयले भारतका बिभिन्न शहरहरुमा बिद्यालयको शैक्षिक भ्रमण लगेको थियो ।

शिक्षकहरुमा कोरोना पुष्टि भएपछि बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य तथा शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनालले जानकारी दिए । उनले भ्रमणमा गएका शिक्षकहरुमध्ये ७ जनामा कोरोना संक्रमण देखिएपछि गत शुक्रवारदेखि नै विद्यालय बन्द गरिएको बताए । विद्यालयबाट प्रधानाध्यापक सहित करिब १ सय जना शिक्षकहरु शैक्षिक भ्रमणको लागि भारत गएका थिए । तिमध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको र अरु शिक्षकहरु पनि होम आईसोलेसनमा रहेको बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै बुटवल १२ ढवाह स्थित ग्लोबल पिस पार्कमा रहेको ब्रम्ह कुमारी राज योग केन्द्रका ब्रम्हाकुमारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । पिस पार्कमा रहेका ४ जना ब्रम्हाकुमारीमा कोरोना संक्रमण देखिएपछि पिस पार्क नै बन्द गरिएको छ। उनिहरुपनि यसैसाता भारतको विभिन्न स्थानमा पुगेर बुटवल फर्किएका थिए ।

सोमबार मात्रै बुटवल कोरोना विशेष आईसोलेसन अस्पतालमा भर्ना भएका ३ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हालसम्म जिल्लामा मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ । त्यस्तै सोमबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै हालसम्म कोरोना संक्रमण देखिएकाहरुको संख्या ९ हजार २ सय ५६ पुगेको छ भने ८ हजार ९ सय ७८ जना संक्रमण मुक्त भईसकेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ४९ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क