११ माघ २०८२, आइतबार | January 25, 2026

भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोरोना संक्रमण



नयाँदिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा १ लाख ६१ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पछिल्लाे एक दिनमा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयताकै धेरै मध्येमा पर्दछ ।

भारतमा हिजो मात्र पनि १ लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको सरकारी स्रोतले सोमबार जनाएको थियो । पछिल्ला केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।

त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७१ हजार नाघेको छ ।

कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ । गएको आइतबार मात्र भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ०० बजे

राष्ट्रियसभा सदस्य निर्वाचनको लागी आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

निर्वाचन आउन ३९ दिन बाँकी : उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,