२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तिलोत्तमामा गर्भवतीसँग उप–प्रमुख कार्यक्रम सुरु, पौष्टिक आहार र क्यालसियम चक्की वितरण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्यालसियम चाहिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

नगरबासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्यालसियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । पोषणमा सबैको पहुँच पुर्याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने नगर प्रमुख घिमिरेको विश्वास छ । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नुपनि विकास हो भन्ने मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उप–प्रमुख चौधरीले कार्यक्रमबाट लाभलिन सम्पूर्ण गर्भवतीलाई आग्रह गर्नुभयो ।

गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले बताउनुभयो । गर्भवती महिलाले अरुबेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको उहाँले बताउनुभयो ।

पौष्टिक आहारमा घिऊ, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले सुरु गरेका सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरण जस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताउनुभयो । यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको संख्यामा वृद्धि हुने उहाँको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, वडा नं. १७ का वडाध्यक्ष दानबहादुर चौधरी, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले बोल्नुभएको थियो । अहिले तिलोत्तमामा घरमै सुत्केरी गराउनेको संख्या शुन्य रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  १२ : ३८ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य