२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

नेपालमा देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’, विगतको भन्दा खतरनाक



काठमाडौं । नेपालमा कोरोना भाइरसको डबल म्युटेन्ट भेरियन्ट भेटिएको छ । ललितपुरमा संकलन गरिएको नमुना परीक्षण गर्दा पहिलो पटक यस्तो भेरियन्ट भेटिएको हो ।

दोस्रो चरणको कोरोना संक्रमण तिब्र बन्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही नमुना परीक्षणका लागि हङकङ पठाएको थियो । परीक्षणका क्रममा भाइरसले आफ्नो रुप फेरेर डबल म्युटेन्ट अवस्थामा विकसित भएको प्रमाणित भएको हो । यो संक्रमण नेपालबाटै सुरु भएको हो या भारतसँग सम्बन्धित छ भन्नेबारेमा मन्त्रालयले अनुसन्धान सुरु भएको छ ।

एउटै भाइरसले आफुलाई जीवित राख्न स्वरुप परिवर्तन गर्नुलाई डबल म्युटेन्ट भनिन्छ । भाइरसले लामोसमयसम्म आफूलाई जीवित र सक्रिय बनाइराख्न आफ्नो आनुवांशिक संरचनामा परिवर्तन गरिरहन्छ ।

मन्त्रालयले डबल म्युटेन्ट भेरियन्ट भेटिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ र संक्रमणको विकासस्थलबारे खोजी सुरु गरेको छ । एकजनामा संक्रमण पुष्टि भएपछि अन्यमा पनि यो भेरियन्ट रहेको हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

नेपालमा बेलायतबाट विकसित भएको यूके भेरियन्ट देखिएको छ । कोरोना भाइरसको यो भेरियन्ट (बी.१.१.७) विश्वका १३२ देशमा देखिइसकेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । यूके भेरिएन्ट देखिएका संक्रमितमा विगतको कोरोना संक्रमण भन्दा जटिल अवस्था देखिएको चिकित्सकहरुले बताएका छन् । यसबाट अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम रहेको छ ।

काठमाडौंमा संकलन गरिएको ७६ नमुनामा ४८ जनामा यूके भेरियन्ट भेटिएको छ । यस्तै पोखरामा संकलित १७५ नमुनामध्ये १०५ जनामा यूके भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

विशेषगरी यो भेरियन्ट बालबालिकामा समेत उल्लेख्य मात्रामा देखिएको छ । यो भेरियन्टबाट ४० वर्ष भन्दा कम उमेरका व्यक्तिहरुमा बढी देखिएका कारण समयमै उच्च सतर्कता नअपनाउने हो भने अवस्था जटिल बन्नसक्ने भन्दै चिकित्सकहरुले चेतावनी दिएका छन् ।

विश्वका अधिकांश मुलुकमा कोरोनाको पहिलो लहर भन्दा विभिन्न भेरियन्टसहितको दोस्रो लहर खतरनाक रहेको विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ८ : ५९ बजे

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल