२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालमा देखियो कोरोनाको ‘डबल म्युटेन्ट भेरियन्ट’, विगतको भन्दा खतरनाक



काठमाडौं । नेपालमा कोरोना भाइरसको डबल म्युटेन्ट भेरियन्ट भेटिएको छ । ललितपुरमा संकलन गरिएको नमुना परीक्षण गर्दा पहिलो पटक यस्तो भेरियन्ट भेटिएको हो ।

दोस्रो चरणको कोरोना संक्रमण तिब्र बन्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही नमुना परीक्षणका लागि हङकङ पठाएको थियो । परीक्षणका क्रममा भाइरसले आफ्नो रुप फेरेर डबल म्युटेन्ट अवस्थामा विकसित भएको प्रमाणित भएको हो । यो संक्रमण नेपालबाटै सुरु भएको हो या भारतसँग सम्बन्धित छ भन्नेबारेमा मन्त्रालयले अनुसन्धान सुरु भएको छ ।

एउटै भाइरसले आफुलाई जीवित राख्न स्वरुप परिवर्तन गर्नुलाई डबल म्युटेन्ट भनिन्छ । भाइरसले लामोसमयसम्म आफूलाई जीवित र सक्रिय बनाइराख्न आफ्नो आनुवांशिक संरचनामा परिवर्तन गरिरहन्छ ।

मन्त्रालयले डबल म्युटेन्ट भेरियन्ट भेटिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ र संक्रमणको विकासस्थलबारे खोजी सुरु गरेको छ । एकजनामा संक्रमण पुष्टि भएपछि अन्यमा पनि यो भेरियन्ट रहेको हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

नेपालमा बेलायतबाट विकसित भएको यूके भेरियन्ट देखिएको छ । कोरोना भाइरसको यो भेरियन्ट (बी.१.१.७) विश्वका १३२ देशमा देखिइसकेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । यूके भेरिएन्ट देखिएका संक्रमितमा विगतको कोरोना संक्रमण भन्दा जटिल अवस्था देखिएको चिकित्सकहरुले बताएका छन् । यसबाट अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम रहेको छ ।

काठमाडौंमा संकलन गरिएको ७६ नमुनामा ४८ जनामा यूके भेरियन्ट भेटिएको छ । यस्तै पोखरामा संकलित १७५ नमुनामध्ये १०५ जनामा यूके भेरियन्ट संक्रमण पुष्टि भएको छ ।

विशेषगरी यो भेरियन्ट बालबालिकामा समेत उल्लेख्य मात्रामा देखिएको छ । यो भेरियन्टबाट ४० वर्ष भन्दा कम उमेरका व्यक्तिहरुमा बढी देखिएका कारण समयमै उच्च सतर्कता नअपनाउने हो भने अवस्था जटिल बन्नसक्ने भन्दै चिकित्सकहरुले चेतावनी दिएका छन् ।

विश्वका अधिकांश मुलुकमा कोरोनाको पहिलो लहर भन्दा विभिन्न भेरियन्टसहितको दोस्रो लहर खतरनाक रहेको विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ८ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय