३ पुस २०८२, बिहिबार | December 18, 2025

अविश्वासको प्रस्तावमाथि छलफल चलाउन गण्डकी प्रदेश प्रमुखलाई विपक्षी दलहरुद्वारा पत्र



पोखरा । अविश्वासको प्रस्ताव आउन थालेको भन्दै हतारमा संसद अधिवेशनको अन्त्य गरेका गुण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अन्नतः अविश्वासको प्रस्ताव दर्ता भएरै छाडेको छ । विपक्षी कांग्रेस र माओवादीको अगुवाईमा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै गण्डकीका विपक्षी दलहरुले प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन्।

आफू विरुद्ध विपक्षीहरुको मत पुग्ने देखेपछि प्रदेश सभाको जारी सातौँ अधिवेशन बुधबार मध्यरातदेखि मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचन मार्फत अन्त्य गराएका थिए । अधिवेशनअन्त्य भएको घोषणा भएलगत्तै दलहरुले बिहीबार प्रदेश प्रमुख शेरचनसमक्ष विशेष अधिवेशनको माग गरेका हुन्। अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख अमिक शेरेचनसमक्ष निवेदन बुझाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन माग गरेका हुन्। गुरुङ सरकारका विरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मत दिने घोषणा गरेपनि बिशेष अधिवेशन बोलाउने निबेदनमा भने राष्ट्रिय जनमोर्चाका सांसदहरुले हस्ताक्षर गरेका छैनन् ।

संविधानको सो उपधारामा ‘प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ।भन्ने ब्यवस्था रहेको छ ।

तीन दलले दर्ता गराइएको अविश्वास प्रस्तावउपर संसद अन्त्य भएका कारण छलफल हुन नसक्ने भएकाले विशेष अधिवेशन माग गरिएको जनाएका छन्।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यसअघि पनि गण्डकीमा विशेष अधिवेशन माग गरेका थिए।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : ५२ बजे

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका