१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सडक दुर्घटनामा परेर चितवनमा एकवर्षमा ११६ जनाको मृत्यु, ६१२ घाइते



चितवन । गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी ६१२ घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । घाइतेमध्ये २८१ गम्भीर र ३३१ सामान्य रहेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार गत वर्ष चैतमा दुर्घटनाबाट मानवीय क्षति सबैभन्दा बढी भएको छ । सो महिनामा भएका ३९ दुर्घटनामा २६ को ज्यान गएको छ । सबैभन्दा कम वैशाख र जेठमा ७ र १४ वटा दुर्घटनामा परी दुई/दुई जनाको ज्यान गएको तथ्याङ्क छ । ती दुर्घटनामा ५७३ सवारी साधन परेको उहाँले जानकारी दिए ।

सवारी दुर्घटनामा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल छन् । दुई सय ८६ मोटरसाइकल दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विसं २०७६ को चैतसम्म जिल्लामा भएका ३१६ दुर्घटनामा परी १२३ को ज्यान गएको थियो । त्यस वर्ष मङ्सिरमा सबैभन्दा धेरै १९ को ज्यान गएको थियो । सबैभन्दा कम चैत महिनामा तीनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि दुर्घटना र मृत्युदर घटाउन कठिन भएको भट्टको भनाइ छ । साँघुरो बाटो र सवारीको चाप बढी भएका कारण दुर्घटना बढी हुने गरेको उनले बताए । दुर्घटना बढी सङ्ख्यामा पूर्वपश्चिम लोकमार्गमा भएको तथ्याङ्कले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ३८ बजे

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट