२३ बैशाख २०८३, बुधबार | May 7, 2026

असफल सरकार र असफल नेतृत्वका कारण मुलुकमा अस्थिरता : नेतृ कोईराला



बुटवल । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले कोभिड-१९ महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताएकी छिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको असफल नेतृत्वका विरुद्ध सबै मिलेर लड्नुपर्ने बताएकी हुन ।

मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि नेपाली काँग्रेस एकजुट हुनुपर्ने समेत उनले भनाई राखिन ।

नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोईराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर बिद्यालय महिला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोईरालाले मुलुकको समृद्धि र बिकासको लागि गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन ।

गिरिजाप्रसाद कोईरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको बिकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : १२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा