१६ बैशाख २०८१, आइतबार | April 28, 2024

१५ दिनमा २ पटक बढ्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । नेपाल आयल निगमले १५ दिनकाबीच दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

२२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेरि पेट्रोल र डिजेल मट्टितेलमा मुल्य बृद्दी गरेको हो । निगमले प्रशाहित गरेको सुचनामा पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको उल्लेख गरिएको छ ।

मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ ।

आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएका छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २६ बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको