२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रामबहादुर थापाको सांसद पद खारेज, गृहमन्त्रीबाट समेत स्वतः पदमुक्त



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सांसद पद खारेज भएको छ । गृहमन्त्री थापाको पद रिक्त भएको संसद सचिवालयले जनाएको छ ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले थापाले दल त्याग गरेको पत्र संसद सचिवालयमा दिएका थिए । सम्बन्धित पार्टीले दल त्याग ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाएर लिखित पत्र दिएपछि दल त्याग हुन्छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना विदेशमा भएका कारण थापाको पद केही दिन बचेको थियो ।

यससँगै थापा गृहमन्त्रीबाट समेत स्वतः पदमुक्त भएका छन् । तर, सांसद नभएपनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई तत्कालै गृहमन्त्रीमा पुनर्नियुक्ति दिनेछन् । राष्ट्रिय सभाकै अर्का सदस्य चन्द्रबहादुर खड्काको पनि पद रिक्त हुनेभएको छ ।

यसअघि प्रतिनिधिसभामा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीको पद रिक्त भएको थियो ।

थापासहित सबै सांसदहरु नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : २६ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि