४ पुस २०८२, शुक्रबार | December 19, 2025

गृहमन्त्री थापाले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । नेकपा माओवादी केन्द्र दल त्याग गरेपछि सांसद पद खारेज हुँदा मन्त्रीबाट स्वतः पदमुक्त भएका रामबहादुर थापाले १२ घण्टा नवत्दिै पुनः गृहमन्त्रीमा सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री थापालाई पद तथा गोपनियताको सपथ गराएकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण समारोहमा गृहमन्त्री थापाले दौरासुरवारमा सजिएर सपथ लिएका छन् ।

थापाले माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेपछि आजै बिहान मात्र उनको राष्ट्रिय सभाको सांसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट समेत पदमुक्त भएका थिए । थापा २०७४ सालमा राष्ट्रिय सभाको सांसद निर्वाचित बनेका थिए ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । तर, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएका छन् ।

सांसद पद खारेज भएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने भएका कारण प्रधानमन्त्री ओलीले थापालाई गृहमन्त्रीमा पुनर्नियुक्ति गरेका हुन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ३७ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा