१७ असार २०८३, बुधबार | July 1, 2026

गृहमन्त्री थापाले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । नेकपा माओवादी केन्द्र दल त्याग गरेपछि सांसद पद खारेज हुँदा मन्त्रीबाट स्वतः पदमुक्त भएका रामबहादुर थापाले १२ घण्टा नवत्दिै पुनः गृहमन्त्रीमा सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री थापालाई पद तथा गोपनियताको सपथ गराएकी छिन् । राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण समारोहमा गृहमन्त्री थापाले दौरासुरवारमा सजिएर सपथ लिएका छन् ।

थापाले माओवादी केन्द्र परित्याग गर्दै एमालेमा प्रवेश गरेपछि आजै बिहान मात्र उनको राष्ट्रिय सभाको सांसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट समेत पदमुक्त भएका थिए । थापा २०७४ सालमा राष्ट्रिय सभाको सांसद निर्वाचित बनेका थिए ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । तर, उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएका छन् ।

सांसद पद खारेज भएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने भएका कारण प्रधानमन्त्री ओलीले थापालाई गृहमन्त्रीमा पुनर्नियुक्ति गरेका हुन् ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ३७ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज