१ पुस २०८२, मंगलबार | December 16, 2025

सुर्खेतमा ५८ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित सुर्खेतकी ५८ वर्षीया एक महिलाको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । गुर्भाकोट नगरपालिका ९ स्थायी निवास भएकी उनको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।

गम्भीर अवस्थामा पुगेपछि मात्रै उनी वैशाख २ गते प्रदेश अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालयका अनुसार वैशाख तीन गते कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए । आज भएको मृत्युसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ३१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज