१ पुस २०८२, मंगलबार | December 16, 2025

पाल्पा कारागारमा एक कैदीले गरे झुण्डिएर आत्महत्या



पाल्पा । पाल्पा जिल्ला कारागारभित्र एक कैदीबन्दीले झुण्डिएर आत्महत्या गरेका छन ।

पाल्पा कारागार प्रशासनले दिएको जानकारी अनुसार कारागारको शौचालयमा झुण्डिएर कैदी किसान गुरुङले आत्महत्या गरेका हुन ।

भिरकोट नगरपालिका-७, स्याङ्जाका ३० वर्षीय गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गुरुङ चोरी मुद्दामा कारागारको सजाय भोग्दै आएका थिए । २०७६ साल जेठमा स्याङजा कारागारमा परेका गुरुङलाई २०७६ सालको माघमा पाल्पा कारागारमा ल्याईएको थियो ।

पाँच वर्षको लागि कारागारको सजाय काट्दै आएका गुरुङको शव पोष्ट मार्टम गरी परिवारलाई बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज