१७ बैशाख २०८२, बुधबार | April 30, 2025

कोहलपुरमा जेष्ठ नागरिक दम्पत्ती झुण्डिएको अवस्थामा फेला



कोहलपुर । बाँकेको कोहलपुर-१३ मा बृद्ध अवस्थाका श्रीमान श्रीमती झुण्डिएको अवस्थामा फेला परेको छ ।

कोहलपुर नगरपालिका १३ का ६० वर्षीय श्रीमान डम्बर बोहरा र ५७ वर्षीया श्रीमती पार्वती बोहरा घर नजिकैको रुखमा झुण्डिएको अवस्था फेला परेका हुन् । गत ८ गतेबाट हराइरहेका बृद्ध दम्पत्ती आज मध्यान्ह कोहलपुर १३ को सिम्री भन्ने स्थानको झाडीमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

सडेगलेको अवस्थामा शव फेला परेको पनि मल्लले बताए । बरामद भएको शवको आधारमा केही दिन पहिले नै झुण्डिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतक दम्पत्तीले यस अघि घरपरिवारबाट माया नपाएको, घरमा अपहेलना सहनुपरेको जस्ता गुनासो गर्ने गरेको अनुसन्धानका क्रममा छिमेकीहरुले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धनमा थप अनुसन्धान भैइरहेको डिएसपी मल्लले कोहलपुर बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : ५८ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने