२९ भदौ २०८३, सोमबार | September 14, 2026

‘आत्महत्याका समाचारले आत्महत्यालाई नै प्रोत्साहन गर्ने’



नेपालगन्ज । कतिपय अवस्थामा संचारमाध्यममा आएका आत्महत्या सम्बन्धी समाचारले आत्महत्यालाई प्रोत्साहन गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य शिक्षा, जनसंख्या सूचना तथा संचार केन्द्रले नेपालगन्जमा आयोजना गरेको सञ्चाकर्मीहरुका लागि आत्महत्या रिपोर्टिङ समबन्धी कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले सञ्चारमाध्यममा आत्महत्यालाई अतिरन्जित र उत्तेजित बनाइदिँदा आत्महत्यालाई प्रोत्साहन पुग्ने गरेको बताए ।

उनीहरुले सञ्चारमाध्यममा लेखिएका समाचारकै शैलीमा आत्महत्याको प्रकृति दोहोरिएको दृष्टान्त प्रस्तुत गर्दै समाचारमा आत्महत्यालाई निरुत्साहित गर्ने शैली अपनाउनु पर्नेमा जोड दिए । मन्त्रालयबाट आत्महत्याको रिपोर्टिङका लागि १२ बुँदे मार्गदर्शन जारी गरेको जनाउँदै सम्बद्धहरुले पत्रकारहरुको कलमको माध्यमबाट धेरै आत्महत्याका घटनालाई न्युनिकरण गर्न सकिने बताए ।

कार्यशालामा मन्त्रालयले जारी गरेको मार्गदर्शन प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयको स्वास्थ्य शिक्षा, जनसंख्या सूचना तथा संचार केन्द्रका प्रमुख डा. भक्तबहादुर केसीले आत्महत्या कायरता नभएर मनोरोग भएको बताए । उनले सहि उपचार र परामर्शले आत्महत्याबाट मानीसलाई जोगाउन सकिने बताउँदै त्यसमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताए । समाचारमा आएका घटनाको कपि गरेर आत्माहत्या गरेको धेरै घटनाहरु रहेको उल्लेख गर्दै उनले आत्माहत्याको रिपोर्टिङ गर्दा पत्रकारहरु सम्बेदशील बन्नु पर्ने बताए ।

सरकारले जारी गरेको मार्गदर्शनलाई आत्मसाथ गर्न सकेमात्र पनि केही आत्महत्याको घटनामा न्युनिकरण हुने दाबी गर्दै डा. केसीले आत्महत्याको समाचार लेख्दा कहिँ न कहिँ मनत्रालयको हेल्पलाईन नम्बर ११६६ को सूचना जोडिदिन पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रस्तुतिकरण गर्दै बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बाँकेमा हरेक वर्ष आत्महत्याको घटना बढ्दै गएको बताए । उनले आव ७८/८९ मा ५८ आत्महत्याका घटना भएको बाँकेमा ७९/८० मा १४१ र चालु आवको बैशाख सम्ममा ८८ वटा आत्महत्याको घटना भएको जानकारी दिए । चालु आवमा ८ वटा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको उनले बताए । उनले बाँकेमा सबै भन्दा बढी १६ देखि २५ वर्ष उमेरका समुहमा आत्महत्या हुने गरेको र महिला भन्दा बढी पुरुषले आत्महत्या गरेको जनाए ।

भेरी अस्पतालकी चिकित्सक डा. लिला देवकोटाले उचित परामर्श र समयमै पहिचान गर्न सके आत्महत्याको घटनालाई न्युनिकरण गर्न सकिने बताइन् । उनले आत्माहत्याका घटनालाई समाजले अपहेलना गर्ने र कायरताको संज्ञा दिने गरिएको भन्दै समाजले आत्महत्यालाई एउटा रोगकोरुपमा लिएर उपचार खोज्न सुझाव दिइन् ।

आत्महत्याको घटनामा नेपाल विश्यको ७ औं नम्बरमा पर्दछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ९ : ५७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ