६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

आत्महत्या रोकथामको चेतना फैलाउन सचेतनामुलक साईकल रयाली



बुटवल । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामको चेतना फैलाउने उद्देश्य सहित वृहत सचेतनामुलक साईकल रयाली निकालिएको छ । नेपाल मनोचिकित्क संघ, नेपाल सामाजिक मनोचिकित्सक संघ र बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा मंगलबार बुटवलमा सचेतनमुलक साईकल रयाली निकालिएको हो ।

‘संवाद शुरु गरौः दृष्टिकोण बदलौ ।’ नारासहित आज विश्वभर विविध रचनात्मक कार्यक्रम गरि विश्व आत्महत्या रोकथाम दिवस मनाईदैछ ।

बुटवलको गोलपार्कबाट शुरु भएको साईकल रयालीमा सहभागीहरुले ‘आत्महत्याबाट बच्नुहोस्, जिउनुहोस् । समस्या अस्थायी, जीवन अमूल्य ।’, ‘आत्महत्या समाधान होइन, सहयोग माग्नुहोस् ।’, ‘आत्महत्या गर्ने मानिसहरू सधैं कमजोर हुँदैनन्, उनीहरू कठिनाइमा छन् ।’, ‘मिथः आत्महत्या बोल्नेले कहिल्यै गर्दैन । तथ्यः मद्दत आवश्यक छ ।’, ‘मिथः आत्महत्या रोक्न सकिँदैन । तथ्यः रोकथाम सम्भव छ, सहयोग खोजौं ।’ लेखिएका प्लेकार्टसहित तिलोत्तमा नगरपालिकाको मंगलापुर, पुरानो सडक हुदै योगीकुटी आएर समापन गरिएको थियो ।

र्याली समापन कार्यक्रममा बोल्दै नेपाल मनोचिकित्क संघका महासचिव डा मनोज ढुगानाले गतवर्षदेखी साईक्लिङसंग जोडेर आत्महत्या रोकथाम दिवसलाई सचेतनामुलक कार्यक्रम अघि बढाएको बताए ।

नेपाल मनोचिकित्सक संघका उपाध्यक्ष डा. सन्दिप सुवेदीले हाम्रो समाजमा आत्महत्याबारेमा सामाजिक गलत धारणा, अन्धविश्वास तथा लोकलाज विद्यमान रहेको बताए । आत्महत्या सम्बन्धी समस्या भएका व्यक्ति वा परिवारका सदस्यले सहयोग पाउनुका बदला भेदभाव, अपहेलना र लान्छना व्यहोर्नुपरेको घटनाहरु धेरै रहेको बताउँदै उनले आत्महत्या रोकथाम दिवसको रुपमा सरोकारवाला निकायहरु समुदायमा पुग्न जरुरी रहेको उनले बताए ।

विद्यालयबाट मानसिक स्वस्थ्य र आत्महत्या रोकथाम सचेतना अघि बढाउने गरि सरकारबाट नै अभियान शुरु भैसकेको उनले बताए । कार्यक्रममा रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले खेलकुद र स्वास्थ्यलाई जोडेर कार्यक्रमहरु अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ४ : ३२ बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा