६ भदौ २०८३, शनिबार | August 22, 2026

बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे हिरासत भित्रै आत्महत्या



दाङ । दाङको भालुवाङमा बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एकजना शसस्त्र प्रहरी जवानले प्रहरी हिरासतमा आत्माहत्या गरेका छन् । सशस्त्र प्रहरीले बलत्कार आरोपमा अनुसनधान गर्न नेपाल प्रहरीलाई बुझाएको २ जवान मध्य रेवन पचभैयामगरले प्रहरीको हिरासत कक्ष मै आत्माहत्या गरेका हुन् ।

गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र सशस्त्र प्रहरी जवान पचभैयालाई सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको थियो । मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सीनाले बताए ।

प्यूठानको बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए । उनले प्रहरी हिरासत कक्षको शौचालयमा आफूले लगाएको गन्जी र टिसर्टको पासो लगाएर झुन्डिएर आत्माहत्या गरेको एसपी तिमिल्सीनाले बताए ।

उनले आज बिहान करिब ५ बजे झुण्डिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आरोपित पचभैया सहित सहायक हवल्दार रोकामगरलाई प्रहरीले पक्राउ गरी दाङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।

पक्राउ परेकाहरुमाथि दाङ-देउखुरीको राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी वल ज्वालामाई गण २९ नम्बर हेटक्वाटरको कार्यालय बाहिर दशैँ पिङ खेल्न गएको बेला दुई बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । उनीहरुले प्रहरी समक्ष बलातकारको घटना सकारेको एसपी तिमिल्सीनाले बताए ।

स्थानीयको आरोपपछि पनि पक्राउ नगरिएको भन्दै लगातार धर्ना र विरोधका कार्यक्रम गरिएपछि अन्ततः सशस्त्र प्रहरीले दुबैजनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ९ : ३९ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक