४ पुस २०८२, शुक्रबार | December 19, 2025

कायर सरकारले संसद स्थगित ग-यो : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हठात संसद अधिवेशन स्थगित गरेर संसदको मानमर्दन गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले संसदको फेस गर्न नसकेर कायरता प्रर्दशन गरेको बताए ।

सिंहले सरकारबाट पटपटक संसदमाथि हमला भएको जिकिर गर्दै फेरि एकपटक संसदीय व्यवस्थामाथि प्रहार गरेको बताए । ओली सरकारको यो भन्दा अलोकतान्त्रिक चरित्र अर्को नहुने उनले बताए ।

नेता सिंहले ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । उनले सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।

सिंहले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले पत्रकारहरुलार्य निस्पक्ष ढंगले कलम चलाएर देश र जनताको पक्षमा लेख्न, कसैको धाक धम्कीबाट नडराउन सुझाव दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ५२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा