३ पुस २०८२, बिहिबार | December 19, 2025

क्यान्सर पीडित बालकलाई डाक्टर/प्राध्यापकद्वारा सहयोग



बुटवल । रक्त क्यान्सरबाट पीडित नवलपरासी (नवलपुर) का एक बालकलाई डाक्टर तथा प्राध्यापकहरुले उपचारमा सहयोग पुगोस भनेर रुपन्देहीको देवदहमा आर्थिक सहयोग गरेका छन् ।

रक्त क्यान्सरबाट पीडित बनेका पुर्वी नवलपरासी (नवलपुर) अरुणखोलाका तीन वर्षीय बालक सोहील थापालाई देवदह मेडिकल कलेजका डाक्टर तथा प्राध्यापकहरुले आर्थिक सहयोग गरेका हुन् । कलेजको वेसिक साईन्स डिपाटमेन्टतर्फ अध्यापनरत प्राध्यापक डाक्टरहरुको टोलीले सोहीलकी हजुरआमा कमला थापालाई नगद २० हजार रुपैया सहयोग गरेका हुन् । डाक्टर शान्ता शर्माको नेतृत्वको डाक्टर/प्राध्यापकहरुको टोलीले ब्यक्तिगत रुपमा संकलन गरेको २० हजार रुपैया बालककी हजुर आमा कमलालाई हस्तान्तरण गरेका थिए ।

आर्थिक सहयोग जुटाउन सक्रिय हुनु भएकी डाक्टर शान्ता शर्माको नेतृत्वमा संकलन भएको रकम हस्तान्तरण कार्यक्रममा प्राध्यापक/डाक्टर पिसी महाजन, प्राध्यापक/डाक्टर बसिष्ट रिजाल लगायतले सानो रकम भएपनि उपचारमा सघाउ पुगोस भनेर पीडितको परिवारलाई सहयोग गरिएको बताउनुभयो । सहयोग रकम लिदै बालककी हजुरआमा कमलाले आर्थिक अवस्था कमजोर भएका कारण नातीको उपचारमा समस्या परेको गुनासो गर्दै विभिन्न क्षेत्रका सहयोगी मनहरुले गरेको सहयोगले उपचारमा सहयोग पुगेको बताउनुभयो ।

सोहीलको विगत एक महिनादेखि काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचार चलि रहेको छ । रक्त क्यान्सरको समस्यासँग झेल्दै आएका बालकको अझै एक वर्ष विभिन्न चरणको उपचार कान्तिमै जारी रहने डाक्टर शर्माले जानकारी दिनुभयो ।

यसअघि पनि बालकको उपचारका लागि देवदहमै लायन्स क्लव अफ बुटवल मणि उजेशले २० हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ०४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको