१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

मौसममा पश्चिमी वायुको प्रभाव : मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंसिकदेखि सामान्य बदली रहेको छ । देशको पश्चिमी भागका केही स्थानलगायत मध्य र पूर्वी भागका केही स्थानमा वर्षा भइरहेको छ । हाल काठमाडौंमा वर्षा भइरहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन, चट्याङ हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार शनिबार (आज) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

शनिबार राति पश्चिमी, मध्य तथा पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलि रहनेछ । पश्चिमी, मध्य तथा पूर्वी पहाडी भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । पूर्वी तथा पश्चिमी उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ ।

आइतबार दिउँसो देशको पूर्वी भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी पहाडी भागका एकदुई स्थानमा र पश्चिमी पहाडी भागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

आइतबार राति पूर्वी पहाडी भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार दिउँसो पूर्वी तथा मध्य भागमा आशिंक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ ।

सोमबार राति पूर्वी र मध्य पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ५४ बजे

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका