१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना प्रभाव : ३४६६ को मृत्यु, लाख बढी संक्रमित, ५६१२६ जना निको भए



एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसको कहर अझै पनि कायमै् छ । शुक्रबारसम्म संक्रमितहरुको संख्या एक लाख नाघेको हो । संक्रमितको संख्या १ लाख १ हजार ७ सय ७० पुगेको हो । चीन बाहेकका मुलुकमा २१ हजार १ सय ९४ जना संक्रमित रहेका छन ।

विश्वका ९६ देशमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ३ हजार ४ सय ६६ जनाको मृत्यु भैसकेको छ । ५६ हजार १ सय २६ जना संक्रमित विरामी निको पनि भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीनमा संक्रमितको संख्या ८० हजार ५ सय ७६ पुगेको छ । ३ हजार ४२ जनाको मृत्यु भैसकेको छ । चीन बाहेकका मुलुकमा मर्नेको संख्या ३ सय ७० पुगेको छ ।

चीन पछिको अत्यधिक कोरोना प्रभावित मुलुक दक्षिण कोरियामा ६ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने ४३ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा ४६३६ जना संक्रमित छन भने १९७ जनाको मृत्यु भैसकेको छ । त्यस्तै ईरानमा ४७४७ जनामा संक्रमण पुष्टि भएको छ भने १२४ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो खवर अनुसार एशियाली मुलुक भुटानमा पनि कोरोना संक्रमणको पहिलो बिरामी भेटिएका छन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ९ : ५६ बजे

होलीमा सुनिन छाड्यो ‘जोगिरा सररर…!’ , संस्कृतिप्रेमीहरू चिन्तित

धनुषा । वसन्त ऋतुको आगमनसँगै मिथिलाञ्चलका गाउँटोलमा गुञ्जिने होलीको सुमधुर

प्रतिनिधिसभा निर्वाचन : कास्की-२ मा त्रिपक्षीय भिडन्त हुँदै

पोखरा । कास्की क्षेत्र नं २ मा १७ जना उम्मेदवार

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले