२३ बैशाख २०८१, आइतबार | May 5, 2024

नेपाल पक्षका सांसदहरुको आकस्मिक बैठक बस्दै, कति सहज छ प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन !



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफु निकट सांसदहरुको आकस्मिक भेला बोलाएको छ ।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल निकट सांसदहरुलाई कारवाहीको चेतावनीसहित लिखित स्पष्टीकरण सोधेपछि सो समुहले आकस्मिक भेला बोलाएको हो । नेपाल निकट ३५ जना सांसदहरु भएपनि बाँकी सांसदहरुलाई भने ओलीले स्पष्टीकरण सोधेका छैनन् ।

नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न भेला बोलाइएको हो । ओलीले नेपाल पक्षधर सांसदहरुलाई कारवाही गर्न पार्टी संसदीय दलको विधान परिवर्तन गरेका छन् । तर, ओलीले नेपाल निकट समानुपातिक सांसदहरुलाई तत्कालै हटाउन सके पनि प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन भने त्यति सजिलो छैन ।

प्रत्यक्ष निर्वाचित सांसदहरुलाई हटाउन उनीहरुले संसदीय दलको ह्वीप उल्लंघन गरेको या दल त्याग गरेको अवस्था आउनुपर्छ । नेपाल पक्षधर सांसदहरुलाई समानान्तर गतिविधि गरेको आरोप ओलीले स्पष्टीकरणमा त्यसैलाई दल त्याग गरेको आधार बनाउन खोजेका छन् । तर, नेपाल निकट नेताहरु कसैले पनि एमाले दल परित्याग गरेका छैनन् नत उनीहरुले नयाँ पार्टी नै बनाएका छन् ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५२ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ