१८ श्रावण २०८३, सोमबार | August 3, 2026

सूर्या ल्याबको नक्कली पीसीआर रिपोर्ट बोकेको आशंकामा १२२ यात्रु विमानस्थलबाट फर्काइए



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट काठमाडौंको सिनामंगलस्थित सूर्या ल्यावको पीसीआर रिपोर्ट बोकेका १२२ जना यात्रुलाई फर्काइएको छ ।

मंगलबार मात्रै सूर्या हेल्थ केयरले नक्कली पीसीआर रिपोर्ट बनाएको भन्दै प्रहरीले छापा हानको थियो ।

सोही ल्याबको रिपोर्ट बोकेर विभिन्न देश जान हिँडेका यात्रुहरुलाई विमानस्थलको अध्यागमनले फर्काइदिएको हो । यसरी फर्काइका यात्रुहरुमा एयर अरेवियाका ५४ जना, सलाम एयरका ३२ जना र जजिरा एयरका ३६ जना रहेका छन् ।

सूर्याको पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई फर्काइएको अध्यागमन कार्यालयले जनाएको छ । विमानस्थलबाट फर्काइएकाहरुमा ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक रहेका छन् ।

सूर्या हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको थियो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पिसिआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ ।

त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटर लगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ । उनीहरुले प्रतिव्यक्ति नौ हजार लिई नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १ : २१ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क