६ श्रावण २०८३, बुधबार | July 22, 2026

अहिलेसम्म कसैमा कोरोना भाइरसको संक्रमण छैन : ४ सयभन्दा बढीको नमूना परीक्षण



काठमाडौ । सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि नेपालमा त्राश अझ बढेर गएको छ ।

सरुवा रोग निवारण महाशाखा टेकुका निर्देशक डाक्टर वासुदेब पाण्डेका अनुसार कोरोना भाइरस बाट नागरीकहरु सचेत रहनु पर्ने भएता पनि आत्तीइ हाल्नुपर्ने अबस्था भने नरहेको बताउनु भएको छ । नेपालमा कोरोना संक्रमणको आशंकामा ४ सय ३७ जनाको परीक्षण गर्दा चीनको उहानबाट नेपाल आएका एकजना विद्यार्थीबाहेक अरु कसैलाई संक्रमण नभेटिएको र ती एकजना पनि उपचारबाट स्वस्थ भइ घर फर्किसकको डाक्टर पाण्डेले बताउनुभयो ।

कोरोना भाइरसले ७०–८० बर्ष पुगेका जेष्ठ नागरिकहरु र दिर्घ रोगीहरुमा छिटो असर गर्ने हँुदा उनीहरुलाई बढी हेरबिचार गर्नुपर्ने बताउनु भयो । कोरोना भाइरस मानिसदेखि मानिसमा सर्ने भाईरस हो ।

अहिलेसम्म आइसोलेसनमा राखिएका २७ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर पठाइएको पछि आइसोलेशनमा राखिएका व्यक्तिमा मनोवैज्ञानिक त्रास भएपछि अस्पतालले मनोपरामर्शदाता राखिएको मात्र थियो । आइसोलेशनमा राख्ने वित्तिकै उनीहरु कोरोना संक्रमित भएको भनेर नबुझ्न पनि डाक्टरले आग्रह समेत गरेका छन् ।

नेपाल चिकित्सक संघले सामाजिक संजालमा आएका कति कुरा अस्पष्ट र अतिरञ्जित हुनसक्ने हुँदा नागरिकमा कोरोना सम्वन्धी तथ्यसत्य कुरा सहितको सचेतना दिन र कोरोना भाइरसको उपचार र चेकजाँच गर्ने चिकित्सकहरुको सुरक्षार्थ सरकार लाग्नुपर्ने सुझाव समेत दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ६ : २४ बजे

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९