१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जनस्वास्थ्य मापदण्डको धज्जी उडाउँदै सुरु भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सयौं एमाले केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले २५ जना भन्दा बढी मानिस एकैठाउँमा उपस्थित हुन नपाउने नियम लागु गरे पनि स्वयं प्रधानमन्त्रीकै अध्यक्षतामा यो नियमको धज्जी उडाइएको छ । फागुन २८ पछि विस्तार गरिएको एमालेको केन्द्रीय कमिटी २ सय ६५ सदस्यीय रहेको छ ।

बैठकमा माधवकुमार नेपाल पक्षीय नेताहरु भने अनुपस्थित भएका छन् । महाधिवेशन आयोजक कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेले तयार पारेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ । यो बैठकले नेताहरुको कार्यविभाजन समेत गर्नेछ ।

बैठकले नेपाल पक्षीय नेताहरुलाई थप कारवाही प्रक्रियालाई अघि बढाउनेछ । नेता नेपाल, झलनाथ खनालसहित चार २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई कारवाही गर्नैका लागि अध्यक्ष ओलीले स्पष्टीकरण सोधिसकेका छन् ।

सरकारले स्वास्थ्य मापदण्डका लागि २५ जनाभन्दा बढि जन्ती, मलामीमा समेत सहभागी हुन नपाउने नियम जारी गरेको छ। सोहि नियमअनुसार अहिले स्कूल, कलेज, फिल्म हल बन्द गरिएको छ। तर यति नै बेला प्रधानमन्त्री निवासमा भने एउटै सभाहलमा सयौं व्यक्ति सहभागी रहेको बैठक प्रधानमन्त्रीकै अध्यक्षतामा सुरु भएको हो।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ५९ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।