१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द



काभ्रे । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।

पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।

नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए । मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उहाँले बताउनुभयो । पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।

यसैबीच नगरभित्रका सबै विद्यालय आइतबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ । सञ्चालन हुन लागेका परीक्षा भने स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन हुने तयारी भइरहेको नगर प्रमुख खरेलले बताए । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँचखाल समाजकल्याणमा अक्सिजनसहितको १५ शय्याको आइसोलेसन तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ३९ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार