१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बाँकेमा आज पनि ४ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका ४ जना कोरोना संक्रमतिको आज मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना, भेरी अस्पतालमा उपचाररत १ जना र होम आइसोलेसनमा बसेका १ जना गरि आज बाँकेमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मेडिकल कलेजमा उपचाररत कोहलपुर ५ कि ४५ वर्षिया महिलाको आज बिहान ७ बजे मृत्यु भएको थियो भने, नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका बर्दिया बढैयाताल ८ का संक्रमितको थप उपचारका लागि भेरी अस्पतालमा पु¥याए लगत्तै मध्यान्ह १२ बजे मृत्यु भएको थियो । त्यस्तै नेपालगन्ज ४ का ५५ वर्षिय पुरुषको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा उपचारकै क्रममा २ः३५ बजे मृत्यु भएको छ भने खजुरा २ का ८८ वर्षिय पुरुषलाई हिजो आईतबार मेडिकल कलेजबाट डिस्चार्ज गराई होम आइसोलेसनमा लगेकोमा आज ४ बजे उनको मृत्यु भएको छ ।

बाँकेमा जिल्ला भित्रका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ भने जिल्ला बाहिरबाट बाँकेमा आई उपचारका क्रममा मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ५३ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल