१ पुस २०८२, मंगलबार | December 16, 2025

हवाई यातायात चलाएर सडक यातायात बन्द गरिए यातायात व्यवसायीले अवज्ञा गर्ने



काठमाडौं । यातायात व्यवसायीहरुले हवाई उडान नरोके सरकारको लकडाउन अवज्ञा गर्ने बताईरहँदा सरकारले भने तत्काल आन्तरिक हवाई उडान नरोक्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा सडक यातायात रोक्ने सीसीएमसीको सिफारिसलाई अनुमोदन गरेपनि बैठकले हवाई उडान नरोक्ने निर्णय गरेको बताईएको छ ।

हवाई यात्राका क्रममा स्वास्थ्य मापदण्ड पालना भएरनभएको कडाका साथ अनुगमन गरेर थप व्यवस्थित बनाउने बैठकले निर्णय गरेको छ । निषेधाज्ञाका नाममा सडक यातायात मात्र रोक्ने निर्णय हुन सक्ने सम्भावना देखेपछि नेपाल यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलाले हवाई यातायात संचालन गरेर सडक यातायातमात्र रोक्ने निर्णय भए यातायात व्यवसायीले अवज्ञा गर्ने बताएका थिए ।

महासंघका उपमासचिव डेकनाथ गौतमले खबरकुरासँग कुरा गर्दै हवाई यातायात चलाएर सडक यातायात बन्द गरिए अवज्ञा गर्नुको बिकल्प नरहने बताए । उनले सीसीएमसीको मापदण्ड मानेर यातायात ब्यवसायी आधा सवारी बोक्न समेत तयार भएको अवस्थामा पूर्ण रोक लगाउने निर्णय यातायात ब्यवसायीलाई मान्य नहुने बताए ।

सीसीएमसीले भने सडक यातायात सहित १५ वैशाखदेखि आन्तरिक हवाई उडान रोक्न सरकारलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसलाई परिमार्जन गर्दै हवाई यातायात नरोक्ने गरि सीसीएमसीको सिफारिसलाई पारित गरेको हो ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : १० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज