४ पुस २०८२, शुक्रबार | December 20, 2025

जसपाका नेताहरुबीच अनौपचारिक छलफल



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच मंगलबार अनौपचरिक छलफल भएको छ ।

वर्तमान सरकारलाई समर्थन कायमै राखिराख्ने कि नयाँ सरकार बनाउने भन्ने विषयमा फरक धारमा रहेका जसपाका नेताहरुले आज अनौपचारिक छलफल गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान छलपल गरेका नेताहरुबीच कुनै ठोस विषयमा सहमति भने नभएको बताइएको छ ।
छलफलमा महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

जसपाभित्र पूर्व राजपा समुहले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै सघाउन चाहेको छ भने पूर्व समाजवादी पार्टी समुहले भने ओली सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्ने अडानमा रहेको छ ।

शिर्ष नेतृत्वबीच सहमति नहुँदा जसपाको केन्द्रीय कार्यकारिणी बैठक समेत प्रभावित हुँदै आएको छ । ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा उपेन्द्र यादव, बाबुराम भट्टराई नेतृत्वको पूर्व समाजवादी पार्टी पक्ष बहुमतमा छ।

प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउन कस्सिएका माओवादी केन्द्र र नेपाली कांग्रेस जसपाको निर्णय कुरेर बसिरहेका छन् । प्रतिनिधिसभामा अहिलेको समीकरणअनुसार जसपा निर्णायक शक्तिकेन्द्रको रुपमा रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १२ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको