१ पुस २०८२, मंगलबार | December 16, 2025

अब सामुदायिक, गैरसरकारी र निजी अस्पतालहरुमा पनि कोरोनाको उपचार हुने, सोधभर्ना सरकारले दिने



काठमाडौं । २५ बेड देखि माथिका सरकारी, सामुदायिक, गैरसरकारी तथा निजी अस्पतालहरुलाई पनि सरकारले कोरोना संक्रमणको उपचारका लागि प्रयोग गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक परिपत्र गर्दै समूदाय स्तरमा संचालनम रहेका सामूदायीक अस्पताल, गैरसरकारी संघ संस्थाबाट संचालित अस्पताल तथा निजी अस्पतालहरुलाई समेत सरकारले सोधभर्ना दिने गरि कोरोना संक्रमणको उपचारमा प्रयोग गर्न निर्देशन गरेको छ ।

जिल्लामा रहेका त्यस्ता अस्पतालहरुसँग प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले यथासिघ्र सम्झौता गरि मन्त्रालयबाट सोध भर्ना भुक्तानी हुने गरि प्रयोग गर्न परिपत्र गरिएको छ । नेपाल सरकारले बैशाख ६ गते जारी गरेको निर्देशिका अनुसार २५ देखि २०० बेड सम्म रहेका त्यस्ता अस्पतालहरुसँग सम्झौता गर्ने अस्पतालमा कोरोना संक्रमणको उपचारको ब्यवस्था मिलाई मन्त्रालयलाई जानकारी गराउन परिपत्रमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमणका बिरामीहरु दिनानुदिन बढ्दै गएर बिरामीहरुले अस्पतालमा बेड नपाएको, बेड पाए पनि अक्सिजन नपाएको, अस्पतालका सबै बेडहरु भरिभराउ भएको जन गुनासो आएपछि सरकारले सामुदायीक र निजी अस्पतालहरुमा उपचार गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज