१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजन सपोर्टमा राखेर उपचार



काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ ।

नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार दिएको सूचनाअनुसार पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी भएर फर्किएपछि संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : १७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा