१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा कोरोना संक्रमणबाट मृत्युको दर घटेन, आज पनि ८ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको महामारी जुन रफ्तारमा पैलिएको त्यहि रफ्तारमा मृत्युदर पनि उच्च रहेको छ । आज दिनभरिमा बाँकेमा उपचार गराईरहेका ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।

आज बिहानै ६ः२० बजेबाट सुरु भएको मृत्युको सृङ्ला साँझ पर्दासम्म जारी छ । बिहान ६ः२० बजे दाङ तुलसिपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका ७४ वर्षिया महिलाको मृत्यु भएको थियो भने मेडिकल कलेजमै ११ः२५ बजे नेपालगन्ज उपमहानगर ६ की ७२ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यसैगरि २ः४५ मा भेरी अस्पतालमा बैजनाथ १ चिसापानीका ४३ वर्षिय पुरुषको मृत्यु भएको थियो भने भेरी अस्पतालमै खजुरा २ कि ४८ वर्षिया महिलाको मृत्यु भएको थियो । भेरी अस्पतालमै नेपालगन्ज ७ का ५१ वर्षिय पुरुषको मृत्यु भएको थियो भने सोहि अस्पतालमा नेपालगन्ज् २ की ४५ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यस्तै ६ः३० बजे भेरी अस्पतालमा तुलसिपुर दाङका ३१ वर्षिय पुरुषको मृत्यु भएको थियो भने सोहि अस्पतालमा दाङ तुलसिपुर ६ की ३७ वर्षिया महिलाको मृत्यु भएको थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका संक्रमित मध्य १०८ जनाको मृत्यु भएको छ भने जिल्ला भित्रका ९७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : १२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज