२० बैशाख २०८१, बिहिबार | May 2, 2024

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण



काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बैंकले बुधबार जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।

धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : ५५ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ