१० श्रावण २०८३, आइतबार | July 26, 2026

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण



काठमाडौं । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

बैंकले बुधबार जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।

धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : ५५ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको