१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जनाको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका तिनीहरुको आज बिहान मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षीय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

त्यसैगरी ३ बजे मायादेबी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ८ : ०४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज