१९ असार २०८३, शुक्रबार | July 3, 2026

सेती प्रादेशिक अस्पतालमा दुई जना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप दुई जनाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा कैलालीको घोडाघोडी र लम्कीचुहा नगरपालिकाका दुई पुरुष रहेका छन् ।

घोडाघोडी नगरपालिका वडा नं. १० का ६० वर्षीय पुरुष संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वास र निमोनियाले ग्रस्त उनको अस्पतालको आईसीयूमा उपचार भैरहेको थियो ।

यस्तै, अस्पतालमा उपचाररत रहेकै अवस्थामा लम्कीचुहा २ का ३३ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनी यही बैशाख १४ गते अस्पताल भर्ना भएका थिए । उनी पनि निमोनियाले ग्रस्त भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १२ : ४८ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२