१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

धौलागिरी हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त एयर डाइनेष्टिको हेलिकोप्टर र दुई शव फेला



काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष अघि दुर्घटनामा परेको एक हेलिकोप्टर र दुई मानव शव फेला पारेको छ ।

सफा हिमाल अभियान अन्तर्गत धौलागिरी हिमालको सफाई गर्ने क्रममा सेनाको टोलीले बिहीबार धौलागिरी बेसक्याम नजिकै हेलिकोप्टरको दुर्घटनाग्रस्त अवशेष र दुईवटा मानव शव भेट्टाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो हेलिकोप्टर सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर भएको सेनाले जनाएको छ ।

सेनाको विज्ञप्तिमा भनिएको छ,‘सफा हिमाल अभियान २०२१” अन्तर्गत फोहोर संकलन गर्ने क्रममा मिति २०७८/०१/१५ गते धवलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका २ (दुई) वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमि ईटालि बेस क्याम्पतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको छ ।’

सेनाले मृतकहरुको पहिचान नखुलेकोका कारण थप छानविन भइरहेको जनाएको छ । मानव अवशेषहरु व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको पनि सेनाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेको सेनाले जनाएको छ ।

यही बैशाख १२ गतेबाट फोहोर संकलन शुरू गरिएकोमा बिहीबारसम्म गतेसम्म Bio-degradable (सड्ने/कुहिने) ३५५ केजी र Non-Bio-degradable ४ हजार ७९९ केजी गरी जम्मा ५ हजार १५४ केजी फोहोर संकलन भएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : १० बजे

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा