१८ श्रावण २०८३, सोमबार | August 3, 2026

नेपालमा न्युनतम पारिश्रमिक १५ हजार र दैनिक न्युनतम ज्याला ५ सय ७७ पुर्‍याउने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइने घोषणा गरेका छन्।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ( मई दिवस)को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याइने घोषणा गरेका हुन्। नेपालमा हान सरकारले तोकेको श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चार सय ४० रहेको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्याइने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको ओलीले सन्देशमा उल्लेख गरेका छन्।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध गरिएको ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउँदै अहिले सरकारलाई महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ पुर्याएका छौँ। महामारीपछि अस्पतालहरुमा शय्या ३८.४ प्रतिशत थप गरिएको छ।’ प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : १९ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट