१२ माघ २०८२, सोमबार | January 26, 2026

कोरोना संक्रमणबाट आरजेडीका पूर्व सांसद मोहम्मद शहाबुद्दीनको मृत्यु



भारतमा राष्ट्रीय जनता दलका पूर्व सांसद मोहम्मद शहाबुद्दीनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

तिहाड जेलमा आजीवन काराबासको जेल सजाँय काट्दै आएका शाहबुद्दीनलाई कोरोना संक्रमण भएपछि दीनदयाल अस्पतालमा उपचार गरिँदै आएको थियो ।

गत बुधबार मात्रै दिल्ली हाइकोर्टले आम आदमी पार्टीको सरकार एवं जेल प्रशासनलाई शहाबुद्दीनको उपचार ठीक ढंगले गर्न निर्देशन दिएको थियो ।

आरजेडी नेता एवं विहार विधानसभामा प्रतिपक्षी दलका नेता तेजस्वी यादवले ट्वीट गर्दै शहाबुद्दीनको मृत्यप्रति शोक व्यक्त गरेका छन् ।

शहाबुद्दीन सन् २००४ मा दोहोरो हत्याकाण्डको अभियोगमा आजीवन जेल जीवन बिताइरहेका थिए । उनलाई यही अप्रिल २० तारिखमा कोरोना संक्रमण भएको थियो ।

दिल्लीस्थित तिहाड जेलमा २० हजार कैदी रहेका छन् । जसमध्ये २२७ जनालाई कोरोना संक्रमण भएको जेल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १ : ५२ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको