१४ चैत्र २०८२, शनिबार | March 28, 2026

तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने



काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेसनले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्ने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए ।

अलमलमा जाने फुर्सदको समयलाई उपयोग गर्न कलम र कागजले मद्दत गर्ने भएकाले यसमा मानिसको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले निषेधाज्ञाबीच घरमै बस्न बाध्य मानिसका मनमा लागेका कुरा कलमका माध्यमबाट कथा, कविता, लघुकथालगायत साहित्यका विधामा ढालेर अभिव्यक्त गर्दा आत्मविश्वास बढ्नुका साथै शरीरमा रोग प्रतिरोधी क्षमतासमेत वृद्धि हुने बताए ।

हात हातमा मोबाइल, सामाजिक सञ्जालमा व्यस्त हुँदा अनुत्पादक क्षेत्रमा सक्रिय भई मानिसमा चिन्ता बढेकाले कलमको प्रयोग गर्न समाजलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका उनले सुनाए । यस्ता विषयमा फाउण्डेसनले अध्ययन अनुसन्धानलाई पनि निरन्तरता दिएको जनाएको छ ।

सो अवसरमा सुलेख (क्यालिग्राफर) विज्ञ केसी जनार्दनले हस्ताक्षर, कलम र दिमागले शरीर एवं मनका लागि ध्यानको काम गर्ने, हस्ताक्षर फरेन्सिक जाँच गर्न पनि उपयोगी हुने भएकाले यसको उपयोगिता रहेकामा जोड दिए । यसले लेखन सुधार गर्न पनि सहयोग गर्ने भएकाले समाजका सबै क्षेत्रमा लागेका मानिसका लागि कलम र कागज उपयोगी हुने भनाइ उनले राखे ।

कार्यक्रममा माइक्रोसफ्टका लेखा कार्यकारी दीपेन्द्रराज बज्राचार्य, डा यादव पण्डित, रोजी कट्टेल, रामचन्द्र पोखरेल, पत्रकार जगत नेपाललगायतले महामारीबाट शिक्षा, स्वास्थ्य, अर्थ लगायतसमाजका सबै क्षेत्र प्रभावित पारेकाले कलम र कागजको उपयोग गरेर प्रतिभा विकासका काम गर्न सकिने आफूहरुको अनुभव रहेकामा जोड दिएका थिए ।

लेखन कार्यले मन र शरीरको समन्वय हुँदा चलायमान भई स्वास्थ्याई समेत राम्रो हुने कार्यक्रमका वक्ताको भनाइ थियो । कागज र कलम दुवै वातावरणमैत्री भएको पनि कुनै नोक्सानी नगर्ने, कम्प्युटर, ल्यापटप, ट्याब्लेटलगायत विद्युतीय सामग्रीमा काम गरिरहँदा समस्या धेरै हुन सक्ने भएको पनि कागज र कलम निषेधाज्ञाका बेला उपयोग गर्न उनीहरुले सुझाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ०१ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको