२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बजारमा अत्यावश्यक सामाग्रीको कृत्रिम अभाव रोक्न प्रशासनको अनुगमन



सुर्खेत । कोभिड-१९ संक्रणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरूको स्थलगत अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिवार औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जीमण्डी लगायत अन्य पसलमा अनुगमन गरिएको हो ।

निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले भने, ‘औषधि पसलहरूमा मास्क र स्यानिटाइजरको प्रयोग तथा बिक्रीदर लगायतको बारेमा बुझिएको छ ।’

वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेलको प्रतिपोका १३९ रुपैयाँ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए । तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उनले बताए ।

दैनिक उपभोग्य वस्तुहरू आयात गर्ने कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वाभाविक मूल्य वृद्धि गराएको पाइएमा कारवाही गरिने चेतावनी दिँदै उनले व्यापारीलाई स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्रीवितरण गर्न सुझाव दिइएको बताए । रासस

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ३६ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक