२६ बैशाख २०८१, बुधबार | May 8, 2024

गाउँ-गाउँमा फैलिँदै कोरोना



काठमाडौं । कोरोना भाइरस संक्रमण गाउँ-गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ ।

भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ । चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन । उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहेका छन । धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौंसहित उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांक कुनै निकायले राखेको छैन । गाउँ-गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भए पनि परीक्षण गर्ने नहुँदा समस्या भएको स्थानीयले बताएका छन ।

कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि हिमाली गाउँपालिका सिल गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत्त राजबहादुर भण्डारीले गाउँपालिकाका ६ कर्मचारी, स्वास्थ्य शाखाका ४ स्वास्थ्यकर्मी र तीन स्थानीयलाई पोजिटिभ देखिएको बताए ।

२७ जनालाई एन्टिजेन बिधिबाट परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको भण्डारीको भनाइ छ । भण्डारी पनि कोरोना संक्रमित भएर आइसोलेसनमा उपचाररत छन । जिल्ला स्वास्थ्य कार्यालयबाट २५ एन्टिजेन किट उपलब्ध भएपछि जाँच गर्दा ११ जना पोजेटिभ भेटिएका छन । उनले कोरोना जाँच गरिए धेरै संक्रमित हुन सक्ने बताए ।

जिल्लाभरि कोरोनाको लक्षण भएका बिरामी गाउँ-गाउँमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । एन्टिजेन किट थोरै रहेकाले लक्षण भएकालाई मात्रै जाँच गर्ने गरेको कार्यालय जनाएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : २९ बजे

मातातीर्थ औँसीमा नबिल बैंकले बनायो सन्देशमूलक भिडियो

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा नबिल बैंक लिमिटेडले सन्देशमूलक भिडियो

कांग्रेस संसदीय दलको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक विहिबार बस्ने भएको

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिदै

काठमाडौं। बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य : अध्यक्ष ओली

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

पर्यटन मन्त्रीलाई पर्यटन क्षेत्रका समस्या बारे नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन क्षेत्रमा देखिएका समस्यामा