२४ बैशाख २०८१, सोमबार | May 7, 2024

मुख्यमन्त्री पोखरेलको राजीनामा पछिको रणनीति बनाउन एमाले संसदीय दलको बैठक सुरु



बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए पछिको रणनीति बनाउन एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

बुटवल स्थित होटल न्यु ईरामा सूरु भएको बैठकमा एमालेका सबै सांसदहरु सहभागी भएको बताईएको छ ।

मुख्यमन्त्री पोखरेल विरूद्धको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन सुरुहुनु अगावै पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई सुरु बुझाए पछिको रणनीति तय गर्न एमाले प्रदेश संसदीय दलको बैठक बसेको हो । एकाएक मुख्यमन्त्रीको राजिनामा आएपछि प्रदेशसभा बैठकको बैठकको छलफलको बिषयान्तर भएको छ ।

अधिवेशनको पहिलो बैठकमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायतका सांसदहरुले मुख्यमन्त्री विरूद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको थियो ।

नेपाल पक्षमा रहेका दुई सांसदले फ्लोर क्रस गरेको अवस्थामा बाहेक पोखरेल संसदमा सहज बहुमतमा रहेका थिए ।

पोखरेलले मन्त्री बनाएका जसपाका ४ सांसदहरुको पद खारेज भएसँगै लुम्बिनी प्रदेशसभामा एमालेको एकल बहुमत बनेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ९ : ५७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,