१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लुम्बिनी प्रदेशसभाको समीकरणमा नाटकीय परिवर्तन; विमला वली माओवादीमा प्रवेश, एमालेको एकल बहुमत गुम्यो



बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा मिनेटैपिच्छे नाटकीय परिवर्तन भएको छ । लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्य विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

एमालेकी भनिएकी वली आफु निर्वाचित भएको दल नेपाल कम्युनिष्ट नेकपा कायम नभएको अवस्थामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जनाएकी हुन् । दाङ ३ (ख) बाट निर्वाचित वली नेकपा एमालेबाट नभै एमाले र माओवादी केन्द्र मिलेको अवस्थामा रहेको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित भएको जिकिर गरेकी छिन् ।

वलीले आज प्रकाशित गरेको प्रेस विज्ञप्तिमा आफु निर्वाचित पार्टी नभएको अवस्थामा माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी छन् ।

तत्कालिन नेकपा पार्टीको तर्फबाट प्रतिनिधिसभाको उपनिर्वाचनमा एक जना र राष्ट्रिय सभामा अन्य कैयौं सांसद निर्वाचित भएका छन् । सर्वोच्च अदालतको फैसलापछि उनीहरु आफुले रोजेको पार्टीमा प्रवेश गरेका छन् ।

ओलीले एमालेमा नरहेको घोषणा गरेपछि अब लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको अवस्था गुमेको छ ।

एमालेले ८१ सदस्यीय प्रदेशसभामा (जसपाका चार सांसदहरु हालै पदमुक्तभएपछि) आफुसँग ४१ सदस्य रहेको भन्दै एकल बहुमतको सरकार बनाउने योजनाका साथ मुख्यमन्त्री शंकर पोखरेलले आजै बिहान मात्र पदबाट राजीनामा दिएर पुनः नियुक्तिको बाटो रोजेका थिए । एकल बहुमतको सरकारले विश्वासको मत लिन नपर्ने उद्देश्यका साथ पोखरेलले राजीनामाको चतुर्याईं देखाएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  २ : ०७ बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य