२२ माघ २०८२, बिहिबार | February 5, 2026

कोरोना कहरमा औषधिको कालोबजारी : एक भाइल रेम्डेसिभिरको ४० हजार



काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी औषधि मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार १ भाइल रेम्डेसिभिरको ४० हजार रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार १ भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २०० रुपैयाँसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कहीँ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि ५ भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउँछन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदैछ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमवार साँझसम्म २ निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदैछ, आउनेक्रम जारी रहन्छ ।’

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य कसैले रेम्डेसिभिर कालोबजारी गरे त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिन्छन् । ‘कठिन स्थितिमा आफैंलाई राज्य सम्झेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘केही दिनयता गम्भीर संक्रमित संख्या बढ्दो क्रममा छ ।’ देशभर आइतवार कोरोना संक्रमित संख्या ७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार १६ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको छ । १६ हजार १४७ जनाको पीसीआर गर्दा ७ हजार १३७ र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ६७ संक्रमित क्वारेन्टीनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ६१२ डिस्चार्ज भएका छन् ।

देशभर ६०८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४७७ जना आईसीयू र १ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर रहेका ४८ हजार ७११ सक्रिय संक्रमित छन् । प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बाग्मतीमा आईसीयूमा २५४ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन् ।

१ नम्बर प्रदेशमा ५४ जना आईसीयू र १४ जना भेन्टिलेटर, २ नम्बर प्रदेशमा २४ जना आईसीयू र २ भेन्टिलेटर, गण्डकी प्रदेशमा ५ जना आईसीयू र १ भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २१ जना भेन्टिलेटर, कर्णाली प्रदेशमा ३३ जना आईसीयू र ७ भेन्टिलेटर तथा सुदूरपश्चिम प्रदेशमा ३० आईसीयू र ९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ०९ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा