नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका संक्रमित मध्य बर्दियाका १ जना र बाँकेका ४ जनाको राती मृत्यु भएको हो ।
डीसीसीएमसी बाँकेका अनुसार नेपालगन्ज् ३ का ५१ वर्षिय पुरुषको बिहान ३ः३० बजे मृत्यु भएको छ । उनी बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । त्यस्तै बैशाख १५ गते भेरीमा भर्ना भएका नेपालगन्ज १ का ६६ बर्षिय पुरुषको बिहान ४ बजे मृत्यु भएको थियो भने १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका नेपालगन्ज ५ का ४८ वर्षिय पुरुषको हिजो साँझ ९ः१० बजे मृत्यु भएको छ । मेडिकल कलेजमा १९ गते भर्ना भएकी बैजनाथ ८ की ६० वर्षिया महिलाको बिहान १ः२० बजे मृत्यु भएको थियो भने भेरीमा १८ गते भर्ना भएका बर्दिया बढैयाताल ८ का ४७ वर्षिय पुरुषको बिहान ६ः३० बजे मृत्यु भएको छ ।
राती मृत्यु भएसँगै बाँकेमा उपचाररत संक्रमित मध्य बाँके जिल्लाका १३३ र जिल्ला बाहिरका १२२ जनाको मृत्यु भईसकेको छ ।


















प्रतिक्रिया