१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नेपाल प्रवेश गर्ने पर्यटक १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय



काठमाडौ । सरकारले नेपाल भ्रमणका लागि आउने पर्यटकका लागि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल आउने विदेशीलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

कोरोना भाइरसको रोकथाम र संक्रमण रोक्नका लागि सरकारले विदेशी नागरिकलाई निश्चित मापदण्ड पुरा गरेर मात्र नेपाल भित्रिन दिने व्यवस्था गरेको हो ।

नेपाल आउनका लागि बम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक नियोगको स्विकृति लिएर आउनु पर्ने र त्यसरी नेपाल आइपुगेका विदेशीले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने पर्यटनमन्त्री भट्टराईको भनाइ छ ।

विदेशमा रहेका नेपाली कुटनीतिक नियोगमा स्विकृति लिनका लागि ७ दिन अगाडिसम्मको स्वास्थ्य रिपोर्ट बुझाउनु पर्नेछ । कोरोना भाइरस नभएको पुष्टि भएमा मात्र नेपाली कुटनीतिक नियोगले नेपालका लागि स्विकृति दिनेछन् ।

सरकारले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय लिएको जानकारी दिदै भट्टराईले भन्नुभयो, ‘हामीले अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर यस्तो निर्णय गरेका हौँ । यसले नेपाली पर्यटन उद्योगलाई नराम्रो असर गर्छ । तर आम नागरिकको स्वास्थ्यलाई हामीले ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ११ : ४३ बजे

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री