१५ बैशाख २०८१, शनिबार | April 28, 2024

प्रवक्तालाई कोरोना संक्रमण भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । केही शीर्ष नेताहरुमा कोरोना संक्रममण देखिएपछि बैठक स्थगित भएको हो ।

सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आज दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेपछि पार्टीको रणनीति बनाउन देउवाले बैठक बोलाएका थिए ।

तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको छ । कांग्रेस पार्टीकार्यालय सचिव कृष्णप्रसाद पौडेका अनुसार केही नेताहरुमा स्वास्थ्य समस्या देखिएपछि बैठक स्थगित गर्नपरेको हो ।

प्रवक्ता शर्मालाई सोमबार बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : २२ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म