१८ असार २०८३, बिहिबार | July 3, 2026

गण्डकीका नयाँ प्रदेश प्रमुख सिता पौडेल, सुदुरपश्चिममा गंगाप्रसाद यादव नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशप्रमुखहरु फेरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।

गण्डकीका नयाँ प्रदेश प्रमुखमा सीता पौडेल सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्ति गर्न ओलीले सिफारिस गरेका छन् ।

मालेको भातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार समेत हुन् ।
यादव राप्रपाको तर्फबाट दोस्रो संविधानसभामा उपाध्यक्ष बनेका थिए । उनी २०७४ सालको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए ।

नयाँ प्रदेशप्रमुखहरुको आजै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ०७ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले