५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बाराका थप दुई संक्रमितको उपचारको क्रममा मृत्यु



बारा । कोरोना संक्रमणका कारण बाराका थप दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण बाराको फेटा गाउँपालिका-२ निवासी ३५ वर्षका युवक र जीतपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगन्जका ५९ वर्षका पुरुषको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुबै जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । ३५ वर्षका युवकको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलको आइसोलेशनमा दिउँसो २ बजे मृत्यु भएको हो ।

यस्तै अमलेखगञ्जका ५९ वर्षका पुरुषको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराती १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : ४४ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय