२० बैशाख २०८१, बिहिबार | May 2, 2024

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु



हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ ।

मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरा एकछिन पछि मृतावस्थामा भेटिएकी हुन ।

गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रस्सीले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन । स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शङ्कास्पद भएको बताइएको छ ।

केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन भन्दै प्रहरीले शङ्कास्पद रूपमा लिएको छ।

घटनाको खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको मृत्यु रहस्यमय भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ ।

मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ३२ बजे

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ