१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्री पोखरेलले गरे छलफल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले यथाशिघ्र कोरोना विरुद्धको खोप नेपाल ल्याउने विषयमा छलफल गरेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीसँग छलफल गरेका हुन् ।

बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशिघ्र टुंगोमा पुर्याउने विषयमा छलफल भएको थियो ।

सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ ।

सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ५ : ०८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज